Public Pana
आफ्ना मागमा बार्गेनिङ्ग गर्न सभामुखसहित शीर्ष नेताहरु फेरी छलफलमा

बार्गेनिङ्गका लागि संसद नै अवरुद्ध गरेको एमालेको माग सम्बोधनवारे छलफल गर्न सभामुखसहित शिर्ष नेताहरुको बैठक फेरी शुरु भएको छ । 

सोमबार दिउँसो बसेको बैठकमा सहमति नजुटेपछि संसदको गतिरोध अन्त्यका लागि सभामुख देवराज घिमिरेसहित शीर्षनेताहरुको बैठक पुनः सुरु भएको हो । top leader meeting 11691407676.jpg

नयाँ बानेश्वरमा रहेको संसद भवनस्थित सभामुखको कार्यकक्षमा बसेको बैठकमा सभामुख घिमिरेसहित प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित नेताहरु सहभागी भएका छन् ।

यसअघि सिंहदरबारमा बसेको बैठक निष्कर्षविहीन टुंगिएपछि सहमति जुटाउन भन्दै पुनः बसेको हो । सोमबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक सहमति जुटाउने भन्दै अपरान्ह ४ बजेका लागि सारिएको थियो । 

 एमालेले एक क्विन्टल सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठको माग राख्दै सदन अवरुद्ध गर्दै आएको छ । 
 

प्रकाशित मिति: सोमबार, साउन २२, २०८०  १७:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update