Public Pana
क्विन्टल सुन प्रकरणमा एसपीको टोली 

करिब एक क्विन्टल सुन बरामद प्रकरणको अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले प्रहरी उपरीक्षक सञ्जयसिंह थापाको कमान्डमा टोली खटाएको छ ।

साउन ३ गते त्रिभुवन विमानस्थल भन्सार पास गरेर बाहिरिँदै गरेको उक्त सुन राजस्व अनुसन्धान विभागको टोलीले बरामद गरेको थियो ।

सोही सुन प्रकरणको अनुसन्धान गर्न विभागको टोलीले आइतबार प्रहरीलाई जिम्मा दिएको हो । प्रहरीले अनुसन्धान जिम्मा पाएलगत्तै प्रहरी प्रधान कार्यालयले सीआईबीलाई अनुसन्धान गर्न निर्देशन दिएको थियो ।

सीआईबीले सुन प्रकरणको अनुसन्धान गर्न एसपी थापाको कमान्डमा छुट्टै एक टोली गठन गरेर काम सुरु गरेको प्रहरी प्रवक्ता डीआईजी कुवेर कडायतले जानकारी दिए ।

सुन प्रकरणमा हालसम्म १८ जना पक्राउ परेका छन् । पक्राउ परेकालाई सीआईबीले आफ्नै हिरासतमा राखेर अनुसन्धान थालेको छ । 
 

प्रकाशित मिति: सोमबार, साउन २२, २०८०  १६:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update