ग्रामिण दूरसञ्चार विकास कोषबाट सञ्चालित ब्रोडब्याण्ड परियोजना अन्तर्गत ४ हजार ८०५ सामूदायिक विद्यालयमा ‘ब्रोडब्याण्ड इन्टरनेट सेवा’ पुगेको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणले २०७६ सालमा ग्रामीण दूरसञ्चार विकास कोष परिचालन गरि ब्रोडब्याण्ड परियोजना अघि बढाइएको थियो। यस परियोजना अन्तर्गत कुल २३ हजार ११० सामूदायिकर आधारभूत विद्यालयमा ब्रोडब्याण्ड इन्टरनेट सेवा जडान कार्य सम्पन्न गर्ने लक्ष्य लिएको छ ।
परियोजना अन्तर्गत भूकम्पबाटअति प्रभावित आठ जिल्ला ९ काभ्रेपलान्चोक, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, दोलखा, सिन्धुली, रामेछाप र ओखलढुङ्गामा असार मसान्त सम्म १ हजार ४५५ सामूदायिक विद्यालयहरुमा ‘ब्रोडब्याण्ड इन्टरनेट सेवा’ पुगेको नेपाल दूरसञ्चार प्राधिकरणले जानकारी दिएको छ ।
परियोजना अन्तर्गत ३ हजार १०० सामूदायिक विद्यालयहरुमा ब्रोडब्याण्ड इन्टरनेट सेवा उपलब्ध गराउनु पर्नेछ । असार मसान्तसम्म कुल परियोजना सम्झौताको ४६.९३ प्रतिशत प्रगती भएको देखिन्छ ।
त्यस्तै, भूकम्पबाट अति प्रभावित आठ जिल्ला र काठमाडौँ उपत्यका बाहेकका ६६ जिल्लामा असार मसान्तसम्म ३ हजार ३५० सामूदायिक आधारभूत विद्यालयमा ‘ब्रोडब्याण्ड इन्टरनेट सेवा’ पुगेको छ ।
उक्त जिल्लाहरुमा करिब २० हजार सामूदायिक आधारभूत विद्यालयहरुमा ब्रोडब्याण्ड इन्टरनेट सेवा उपलब्ध गराउने परियोजनाको लक्ष छ। यसलाइ हेर्दा कुल परियोजना सम्झौताको १६.७५ प्रतिशत मात्रै प्रगती भएको देखिन्छ ।