Public Pana
७ हजार ७३३ जनामा डेंगु संक्रमित, सातजनाको मृत्यु

देशभर डेंगुको संक्रमितको संख्या ७ हजार ७३३ पुगेको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार गत जनवरीदेखि ६ अगस्टसम्म डेंगु संक्रमितको संख्या ७ हजार ७३३ पुगेको हो । यसअवधिमा सातजना डेंगु संक्रमितको मृत्यु भएको पुष्टि भएको महाशाखाले जनाएको छ । 

यसवर्ष नेपालमा डेंगुका चारवटै सेरोटाइप देखिएको छ । सेरोटाइप भन्नाले भाइरसको प्रकृतिका आधारमा गरिएको वर्गीकरण रहेको महाशाखाको भनाइ छ । 
Dengue-virus-in-Nepal-NT1664088793.jpg

प्रकाशित मिति: सोमबार, साउन २२, २०८०  १४:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update