Public Pana
सभामुख सहित ठूला नेता छलफलमा, सांसदहरु बानेश्वर 

राष्ट्रिय सभाको बैठक स्थगित भएपनि प्रतिनिधिसभाको बैठक के हुने हो प्रतिक्षमा सबै जना छन् ।

सांसद सुचारु गर्नका लागि सभामुख देवराज घिमिरेको कार्यकक्ष सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित दलका नेताहरु छलफल गरिरहेका छन् ।

संसद भवन नयाँ बानेश्वरमा भने सांसदहरु बैठकको प्रतिक्षामा छन् । कि विरोध गरेर बैठक स्थगित गर्न कि सहमति सहकार्य र एकताद्धारा अगाडी बढ्न विधयक पारित गर्न । 

आज सोमबार दिउँसो १ बजेका लागि बैठक बोलाइए पनि संसदको गतिरोध अन्त्य गर्न बसेको छलफल नसकिँदा निर्धारित समयमा प्रतिनिधिसभा बैठक बस्न सकेको छैन । 

सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, प्रमुख ३ दलका प्रमुख सचेतकहरु छलफलमा रहेका छन् । 
 

प्रकाशित मिति: सोमबार, साउन २२, २०८०  १३:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update