Public Pana
प्रधानमन्त्री प्रचण्ड र साउदी राजदूतबीच भेट

नेपालका लागि साउदी अरबका राजदूत साद अबुहामिदले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग शिष्टाचार भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्रीलाई भेट्न आज सोमबार राजदूत अबुहामिद प्रधानमन्त्री निवास बालुवाटार पुगेको प्रधानमन्त्रीका प्रेस संयोजक सुर्य किरणले जनाएका छन् ।

भेटमा दुईजनाबीच नेपाल र साउदी अरबबीचको द्विपक्षीय सहकार्यको विषयमा छलफल भएको थियो ।
 

प्रकाशित मिति: सोमबार, साउन २२, २०८०  १३:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update