Public Pana
भारतीय विहारको लुम्बिनीमा निर्माण सुरू

बुद्ध जन्मस्थल लुम्बिनीमा भारतीय अन्तर्राष्ट्रिय बौद्ध संस्कृति र सम्पदा केन्द्रको निर्माण सुरु भएको छ ।

बुद्ध जन्मस्थल लुम्बिनीस्थित विहार क्षेत्रमा अन्तर्राष्ट्रिय बुद्धिस्ट परिसंघको लगानीमा भारतीय बौद्ध संस्कृति र सम्पदा

केन्द्रको निर्माण सुरु भएको हो ।
गत वर्ष भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी भ्रमणमा आएको बेला मोदी र नेपालका तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त रूपमा भारतीय विहारको शिलान्यास गरेका थिए ।

भूमिपुजन कार्यक्रममा लुम्बिनी विकास कोषका कार्यवाहक उपाध्यक्ष सिद्धिचरण भट्टराई ९ढुण्डिराज० ले अन्तर्राष्ट्रियस्तरको भारतीय विहारको निर्माण प्रारम्भ हुनु सुखद भएको बताउँदै यसले बुद्ध जन्मस्थलको गरिमालाई थप उचाइमा र्पुयाउने बताए ।

एसीसी इन्डिया र गोर्खा विल्डर्स जेवीले आगामी १८ महिनाभित्र आधुनिक खालको विहार निर्माण पूरा गर्ने गरी सम्झौता गरेको छ ।
 

प्रकाशित मिति: सोमबार, साउन २२, २०८०  १३:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update