Public Pana
सबै नेता जुट्दा, संसद्को अवरोध खुल्छ ?

संसद्मा जारी अवरोध हटाउने विषयमा सभामुख देवराज घिमिरेले सोमबार मध्यान्ह शीर्ष दलका नेताहरूसँगको बैठक राखेका छन् ।

प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बोलाइएपछि सहमतिका लागि सभामुख घिमिरेले सत्ता र प्रतिपक्षी नेताहरुसँग संवाद गरिरहेका छन् ।

अहिले मध्यान्ह साढे १२ बजेदेखि सभामुखले शीर्ष नेताहरुसँग वार्ता गरिरहेका हुन् । 

उक्त छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि सहभागी छन् । 

बैठकमा कांग्रेसका प्रमुख सचेतक रमेश लेखक, एमाले दलका उपनेता सुवास नेम्वाङ र सचेतक महेश बर्तौला र माओवादीका प्रमुख सचेतक हितराज पाण्डे पनि सहभागी छन् । 
 

प्रकाशित मिति: सोमबार, साउन २२, २०८०  १२:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update