Public Pana
दीपेन्द्रसिंहको टोलि मोन्ट्रियल टाइगर्सले जित्यो ग्लोबल टीट्वान्टी क्यानडाको उपाधि

नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरी आबद्ध मोन्ट्रियल टाइगर्सले ग्लोबल टी(ट्वान्टी क्यानडा उपाधि जितेको छ ।

आज सोमबार बिहान सम्पन्न फाइनलमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्ध सर्रे जगुआर्सलाई पाँच विकेटले हराउँदै टाईगर्सले उपाधि जितेको हो ।

सीएए सेन्टर ओन्टारियोमा टाइगर्सलेले टस जितर फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको सर्रेले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ३० रन बनाएको थियो ।

सर्रेका लागि ओपनर जतिन्दर सिंहले सर्वाधिक ५६ रनमा अविजित इनिङ्स खेले । आयन खानले २६ रन बनाए । टाइगर्सका आयन अफजल खानले २ तथा कार्लोस ब्रेथवेट, अब्बास अफ्रिदी र आन्द्रे रसेलले समान १-१ विकेट लिएका लिए ।

१ सय ३१ रनको लक्ष्य सहित जवाफी ब्याटिङ गरेको टाइगर्सले २० औँ ओभरको अन्तिम बलमा ५ विकेट लक्ष्य पूरा र्गयो । टाइगर्सका शेर्फान रदरफोर्ड ३८ रनमा अविजित रहे । क्रिस लिन ३१ रन बनाएर आउट हुँदा आन्द्रे रसेल २० रनमा अविजित रहे ।

अन्तिम बलमा दुई रन चाहिँदा आन्द्रे रसेलले छक्का हान्दै खेल जिताएका थिए ।

दीपेन्द्र १७ बलमा १ चौकासहित १६ रनमा रिटायर्ट हर्ट भए । सर्रेका लागि इफ्तिखार अहमदले २ तथा कार्लोस ब्रेथवेट, अब्बास अफ्रिदी र आन्द्रे रसेलले समान १-१ विकेट लिएका थिए । ३ ओभरमा २० रन खर्चेका सन्दीप विकेटविहीन रहे ।
 

प्रकाशित मिति: सोमबार, साउन २२, २०८०  १२:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update