Public Pana
देशभर समानान्तर समिति बनाउने महिला संघको चेतावनी

नेपाली कांग्रेसको भगिनी संस्था नेपाल महिला संघमा अध्यक्ष उषा राउत मिश्रले विधानविपरीत १२ जिल्लाका निर्वाचित समिति भंग गरेको भन्दै २० जना केन्द्रीय सदस्यले असहमति जनाएका छन् ।

आज सोमवार काठमाडौंमा पत्रकार सम्मेलन गरी शेखर कोइराला पक्षधर महिला नेताहरूले उषा राउतको सो निर्णय फिर्ता नभए देशभर समानान्तर संगठन चलाउने चेतावनी दिएका हुन् । 

१२ जिल्ला अध्यक्ष हटाउने निर्णय गर्ने सभापति राउतलाई बर्खास्त गर्न उनीहरूले सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण समेत गराएका छन् । 

३ दिनभित्र विधानविपरीतका निर्णय नसच्याए देशैभर समानान्तर समिति र गतिविधि गर्ने पत्रकार सम्मेलनमा नेताहरूले बताए ।
 

प्रकाशित मिति: सोमबार, साउन २२, २०८०  ११:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update