Public Pana
ललिता निवासको अनुसन्धानमा सहयोग गर्ने बाबुरामको प्रतिबद्धता


पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले ललिता निवास प्रकरणमा सर्वोच्च अदालतले दिएको निर्देशनअनुरूप छानबिन भएमा त्यसमा पूर्ण रूपले सहयोग गर्ने  प्रतिबद्धता जनाएका छन् । 

आज सोमबार विहान सामाजिक सञ्जाल ट्वीटरमा उनले लेखे, ‘ललिता निवासलगायत जुनसुकै प्रकरणमा राज्यका मन्त्रिपरिषद्लगायत सबै तहबाट भएका निर्णयह उपर निष्पक्ष छानबिन गरेर कानुनविपरीत राज्यलाई नोक्सान हुने, निजी लाभ लिने ढंगले कार्य भए÷गरेको भए जतिसुकै उच्च तहको व्यक्ति भए पनि कानुनअनुसार कारबाही गरिनुपर्छ र देशमा विधिको शासन कायम गरिनुपर्छ भन्ने मेरो आजीवन मान्यता र प्रतिबद्धता रहेको छ’, डा. भट्टराईले भनेका छन्, ‘अतः मेरो प्रम कालमा भएका सबै निर्णयहरूको निष्पक्ष छानबिन गर्न र आवश्यक कारबाही गर्न सरकार र सम्बन्धित निकायलाई मेरो विनम्र आग्रह छ ।’

डा. भट्टराईले अरु लेखेका छन्, ‘ललिता निवास प्रकरणमा सम्मानित सर्वोच्च अदालतले  दिएको निर्देशनअनुरूप छानबिन भएमा त्यसमा पूर्ण रूपले सहयोग गर्न मेरो प्रतिबद्धता रहेको छ। ’

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको छानबिननमा सहयोग गरेको सर्वविदितै छ’, उनले लेखेका छन्, ‘मेरो त्यति बेलाको बयानको बेहोरा पुनः सार्वजनिक जानकारीका निम्ति यहाँ प्रस्तुत छ ।’

baburam-1691377721.jpg

प्रकाशित मिति: सोमबार, साउन २२, २०८०  ०८:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update