सेयर बजारमा सामान्य गिरावट
आज मंगलबार सेयर बजारमा सामान्य गिरावट आएको छ । आज नेपाल स्टक एक्सचेञ्जको कारोबार सुरू हुँदा बढेपनि अन्तिम समयमा केही घट्दै बन्द भएको हो ।
२.५७ अंकले घटेसँगै नेप्से परिसूचक १९ सय ५६ अंकमा आएर रोकिएको छ ।
यसक्रममा आज १ अर्ब ५ करोड ३१ लाख रुपैयाँ बराबरको २७ लाख ७३ हजार कित्ता सेयर किनबेच भएको छ । नेप्से परिसूचक घटेको दिन आज सेन्सेटिभ समूहमा समेत २.५७ अंकको गिरावट आएको छ ।
प्रकाशित मिति: मंगलबार, कात्तिक २२, २०७९ १६:२१
प्रतिक्रिया दिनुहोस्