Public Pana
नागढुंगा–नौबिसे सुरुङ निर्माणको काम आज सकिने 

नागढुंगा–नौबिसे सुरुङ मार्गको रेस्क्यु टनेलको आज सोमबार ‘ब्रेक थु्र’ हुने भएको छ ।

२०७६ कात्तिक ४ गते शिलान्यास भई निर्माण थालिएको रेस्क्यु टनेलको सुरुङ निर्माणको काम सोमबारदेखि सकिने भएको हो ।

हिजो आइतवारसम्म एक मिटर मात्र रेस्क्यु टनेलको काम बाँकी रहेको छ ।  

सोमबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला पुगेपछि रेस्क्यु टनेलको ‘ब्रेक थु्र’ हुने हुने भएको हो । ‘साउन २२ गते सोमबार दिउँसो रेस्क्यु टनेल ब्रेक थु्र हुँदैछ’ सडक विभागले जनाएको छ ।  

२.५ किलोमिटर रहेको नागढुंगा–नौबिसे सुरुङ मार्गको रेस्क्यु टनेलसँग मुख्य टनेलको काम पनि अब १८ प्रतिशत मात्र बाँकी रहेको छ । २.६ किलोमिटर लम्बाइ रहेको मुख्य टनेलको ५ सय ६ मिटर मात्र बाँकी छ ।
 

प्रकाशित मिति: सोमबार, साउन २२, २०८०  ०६:००
प्रतिक्रिया दिनुहोस्
Weather Update