Public Pana
बैदेशिक रोजगारमा ठगी गर्ने र बैंकको लकरमा गोली लुकाउने  ल्यारक्यार लुम्बिनी विकास कोषको उपाध्यक्ष

बैदेशिक रोजगारमा ठगी गर्ने र बैंकको लकरमा गोली लुकाउन ल्यारक्याल लामा लुम्बिनी विकास कोषको उपाध्यक्ष भएका छन् । 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लामालाई विश्वका शान्तिप्रेमीहरुको पवित्र केन्द्र लुम्बिनीको नेतृत्व सुम्पिएका हुन् ।

मन्त्रिपरिषद्को बैठकले लुम्बिनी विकास कोषको उपाध्यक्षको जिम्मेवारी लामालाई सुम्पिएको हो ।

गत ३० फागुन २०७२ मा नेपाल इन्भेष्टमेन्ट बैंकको केन्द्रीय कार्यालयको लकरमा १४ थान गोली लुकाउने उनै हुन् ।

त्यतिमात्र होइन वैदेशिक रोजगारी ठगीको आरोपमा समेत उनी जेल बसेका लामा लुम्बिनी बिकास कोषको नेतृत्वमा पुगे ।

उनले मकाउ पठाइदिने भन्दै २ करोड १९ लाख रुपैयाँ ठगी गरेको उजुरी वैदेशिक रोजगार विभागमा परेपछि प्रहरीले पक्राउ गरेको थियो ।
 

प्रकाशित मिति: आइतबार, साउन २१, २०८०  २२:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update