Public Pana
उपराष्ट्रपति यादव चीन जादै 

उपराष्ट्रपति रामसहाय यादव चीन जान लागेका छन् ।

दक्षिणी चीनको कुन्मिङमा आगामी हप्ता हुन लागेको ‘साउथ एसियन एक्सो’ मा सहभागी हुनेगरी उपराष्ट्रपति यादव चीन भ्रमणमा जान लागेका हुन् । 

चीनको वाणिज्य मन्त्रालय र युनान प्रोभिन्स सरकारले सो एक्सो गर्न लागेका हुन् । सो एक्स्पोसँगै ‘कुन्मिङ एक्स्पोर्ट एण्ड इम्पोर्ट फेयर’ कार्यक्रम पनि आयोजना हुँदैछ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को चीन भ्रमण अगावै उपराष्ट्रपति रामसहाय यादवको चीन भ्रमण हुने भएको छ ।
चीनले प्रत्येक वर्ष आयोजना गर्दै आएको यो एक्सोको यसपटक सातौँ संस्करण हो,  जसको यस वर्षको मुख्य विषय सोलिडारिटी एण्ड कोअपरेशन फर कमन डेभलपमेन्ट’ तय गरिएको छ । 

यसअघि सो एक्स्पोमा निवर्तमान उपराष्ट्रपति नन्दबहादुर पुन र त्यसअघिका उपराष्ट्रपति परमानन्द झाले सहभागिता जनाइसकेका छन् । 

३१ साउनदेखि ३ भदौसम्म सुरु हुने एक्स्पोमा यसपटक नेपालका उपराष्ट्रपतिका अलावा बर्मा (म्यानमार)बाट उच्च सहभागिता हुने बताइएको छ ।
 

प्रकाशित मिति: आइतबार, साउन २१, २०८०  २०:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update