Public Pana
पुरानो तरिका त्याग्न प्रचण्डको आग्रह

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विश्व कम्युनिस्ट आन्दोलन शास्त्रीय कम्युनिस्टहरूको जस्तो तरिकाबाट अघि बढ्न नसकेको बताएका छन् ।

आज आइतबार पार्टीको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले अहिलेको कम्युनिस्ट आन्दोलन माक्र्स एंगेल्सको पालामा जस्तो नभएको दाबी गरे । 

‘अध्यक्षले अहिले विश्व कम्युनिस्ट आन्दोलन अहिले माक्र्स एंगेल्सको पालाको जस्तो छैन, त्यतिबेला जस्तो ध्रुवीकरण हुने बेला छैन,’ बैठकमा अध्यक्ष प्रचण्डले राखेको भनाई उदृत बैठकमा सहभागि पम्फा भुसालले भनिन्, ‘अहिले ग्लोबलाइजेसनको जमान छ, सूचना प्रविधिको चरम विकास भएको अवस्था छ। यो बेलामा माक्र्सवादको चरम खोजी हामीले गरिरहेका छौं। पुरानो तरिकाले त्यो भेटिन्नँ।’

साथै, उनले मोहन वैद्य र डा. बाबुराम भट्टराईले लिएको बाटोभन्दा तुलनात्मक रुपमा आफूहरूको बाटो उत्कृष्ट भएको बैठकमा बताए । 
 

प्रकाशित मिति: आइतबार, साउन २१, २०८०  १६:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update