Public Pana
कामदार भिसामा विदेशीहरु नेपाल

कामदार भिसामा नेपाल आउने विदेशीको संख्या बढ्दै गएको छ । १ वर्षको अवधिमा कामदार भिसामा साढे ३ हजार विदेशी नागरिक नेपाल आएका हुन् । 

अध्यागमन विभागको तथ्यांक अनुसार गत आर्थिक वर्ष (आव) २०७९-८० मा सो संख्यामा विदेशी नागरिक नेपालमा कामको खोजीमा औपचारिक माध्यमबाट नेपाल आएका छन् । 

नेपालमा अघिल्लो आवको तुलनामा गत आवमा विदेशी कामदारको आगमन समेत बढेको पाइएको छ । आव २०७८-७९ मा २ हजार ८९२ जना कामदार भिसामा नेपाल आएको आंकडा रहेको छ । त्यसअगाडीको आव २०७७र७८ मा ३ हजार ३३१ जना विदेशी नेपालमा कामदार भिसामा आएका थिए ।

गत आर्थिक वर्ष २०७९-८० मा कीर्तिमानी संख्यामा नेपाली श्रमिक कामको खोजीमा विदेशिएका थिए । यस आवमा एक वर्षमा ७ लाख ७१ हजार ३२७ जना नेपाली वैदेशिक रोजगारीका लागि पुगेको वैदेशिक रोजगार विभागको तथ्यांक छ ।

यो नयाँ र पुनः श्रम स्वीकृति लिएर विदेश जाने नेपालीको एकीकृत आंकडा हो ।

आर्थिक वर्ष २०७१-७२ मा ६ लाख ९३ हजार ३२ जना नेपाली वैदेशिक रोजगारीमा पुगेका थिए । सो रेकर्ड यस वर्ष तोडिएको हो ।

विभागका अनुसार यो सूचीमा नेपालको छिमेकी मुलुक भारतबाट आएर काम गर्ने वा व्यापार–व्यवसाय गर्नेको तथ्यांक छैन ।
 

प्रकाशित मिति: आइतबार, साउन २१, २०८०  १५:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update