Public Pana
शेयर बजार ३८.३७ अंकले घट्याे

साताकाे पहिलाे काराेबार  दिन आज आइतबार शेयर  बजार ३८.३७ अंकले घटेकाे छ ।

 बैंकहरुले समग्रमा राम्रो नाफा वृद्धि गरेको वित्तीय विवरण सार्वजनिक गरिरहँदा शेयर बजार भने थप घटेको हाे ।आइतबार नेप्से सूचक ३८.३७ अंकले घटेर २०५१.४७ विन्दुमा आएको छ ।

२ कम्पनीमा सकारात्मक सर्किट लाग्दा २ अर्ब  ६८ रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । 

सूचीृकत कम्पनीहरुले नाफा बढाएको रिपोर्ट निकालेकै बेला बजार थप घट्दा आम लगानीकर्ता भने अन्योलमा परेका छन् ।

यस दिन २६५ कम्पनीको ८० लाखभन्दा बढी कित्ता शेयर  कारोबार भएको छ ।

१२ करोड ६९ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा सानिमा बैंक अग्रस्थानमा आएको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः एभरेष्ट बैंक र एनआइसी एसिया बैंक परेका छन् ।

प्रकाशित मिति: आइतबार, साउन २१, २०८०  १५:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update