Public Pana
एकीकृत समाजवादीका समस्या  :  झलनाथ खनाल

नेकपा (एकीकृत समाजवादी)को जारी स्थायी कमिटी बैठकमा सम्मानित नेता झलनाथ खनालले पार्टीको विभिन्न समस्या औंल्याएका छन्।

खनालले  पार्टीको विद्यमान स्थिति केन्द्रमा निकै ठूलो ढाँचाको र तल सुकेको टिप्पणी गरेका हुन् । 

नेता खनालले पार्टीमा १६ पन्ने दृष्टिकोण प्रस्तुत गर्दै पार्टी केन्द्रमा फुकेको र तल सुकेको बताएका हुन्। त्यतिमात्र होइन

उनले पदाधिकारी तहमा रावणको टाउकाजस्तो र तल झीनो हुँदै गएको टिप्पणी गरेका छन्।

एमालेबाट विद्रोह गरेर बनेको पार्टी दक्षिणपन्थी बनेको उनको आरोप छ । खनालले नेकपा एकीकृत समाजवादी स्वतन्त्र पहिचान बनाउन असफल भएको भन्दै माओवादी केन्द्रको पिछलग्गु बनेकोमा आक्रोश व्यक्त गरेका छन् ।

हिजो शनिबारबाट सुरु भएको पार्टीको स्थायी कमिटी बैठकमा १६ पेज लामो लिखित ‘वर्तमान परिस्थिति र हामीले ध्यान दिनुपर्ने ज्वलन्त विषयहरू’ दस्ताबेज पेस गर्दै पुर्वप्रधानमन्त्री समेत रहेका खनालले भनेका छन्, ‘क्रान्तिकारी वर्ग दृष्टिकोणका आधारमा विश्लेषण गर्नुपर्छ, तिनीहरूलाई निर्ममतापूर्वक हटाउनुपर्छ, वैचारिक तथा संगठनात्मक दुबै क्षेत्रबाट यस्ता कमजोरीहरूलाई हटाएर हामीले हाम्रो पार्टीलाई एउटा सबल, संशक्त र धारिलो क्रान्तिकारी जगमा उभ्याउनुपर्छ। प्रधान अन्तरविरोध र प्रधान प्रतिद्वन्दीकाविरुद्ध क्रान्तिकारी धारलाई सोझ्याउँदै अघि बढ्नुपर्छ। तब मात्र पार्टी पंक्तिमा नयाँ उत्साह, उमङ्ग र जोसको संचार हुनेछ, ।’ 
 

प्रकाशित मिति: आइतबार, साउन २१, २०८०  १४:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update