Public Pana
सेप्टेम्बर तेस्रो वा चौथो साता प्रधानमन्त्री दाहालको चीन भ्रमण  

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमण आगामी सप्टेम्बरको तेस्रो वा चौथो साता हुने भएको छ ।

प्रधानमन्त्रीका लागि चीन भ्रमणका लागि तयारी भइरहेको परराष्ट्र मन्त्री नारायण प्रकाश - एनपी, साउदले जानकारी दिएका  छन् । 

उनले छिमेकी देशहरुका साथै नेपालसँग मैत्रीपूर्ण सम्बन्ध भएका जापान, अमेरिका र युपियन युनियनहरुसँगको मित्रवत  सम्बन्धलाई पनि निरन्तरता दिने पक्षमा सरकार रहेको बताए । 

आज आइतबार कन्सुलर सेवा विभागमा अनलाइन कन्सुलर प्रमाणीकरण शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री साउदले सरकारले परराष्ट्र सम्बन्धलाई राष्ट्रिय स्वाभिमान र राष्ट्रिय एकतालाई मजबुत पार्नेगरी अगाडि बढाएको उल्लेख गरे । 

परराष्ट्र सम्बन्धलाई परस्पर लाभका आधारमा अगाडि बढाइएको पनि मन्त्री साउदले बताए । उनले विगतमा परराष्ट्र सम्बन्धमा असन्तुलन आएको भन्दै वर्तमान सरकारले सम्बन्धलाई सन्तुलित बनाइरहेको दाबी गरे । 

उनले सरकारले बायोमेट्रिक लगायतका कामहरु सरकारको एक कार्यालयमा गरेपछि पुग्ने व्यवस्थाका लागि छलफल गरिरहेको बताए । 

मन्त्री साउदले सरकारी कार्यालयपिच्छे बायोमेट्रिक गर्नुपर्ने अवस्थाले आर्थिक र समय धेरै लाग्ने गरेको भन्दै यसको अन्त्य गर्नका लागि आफू लागिपरेको बताए ।

उनले सबै राजनीतिक दलको सहमतिमा एउटै परराष्ट्र नीति हुनुपर्ने बतााएका छन् । आइतबार कन्सुलर सेवा विभागमा अनलाइन कन्सुलर प्रमाणीकरणको सुरुवात गर्दै उनले दलहरुको एउटै परराष्ट्र नीति हुनुपर्ने बताएका हुन् । 

 


फरक फरक परराष्ट्र नीतिले राष्ट्रिय स्वाभिमान र राष्ट्रिय एकता बलियो बनाउन नसक्ने भन्दै उनले पार्टीहरुको परराष्ट्र नीति छुट्टाछुट्टै नबनाई सबैको सहमतिको नीति हुनुपर्नेमा जोड दिए । 

 

परराष्ट्र सम्बन्धलाई राष्ट्रिय स्वाभिमानमा आधारित बनाउँदै राष्ट्रिय एकतालाई मजबुत गर्ने गरी अगाडि बढाइएको बताएका मन्त्री साउदले परराष्ट्र सम्बन्धलाई परस्पर लाभका आधारमा अघि बढाइएको बताए । 

प्रकाशित मिति: आइतबार, साउन २१, २०८०  १४:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update