Public Pana
माओवादी पदाधिकारीको जिम्मेवारी तोकियो 

नेकपा माओवादी केन्द्रले पदाधिकारीसहित ४०७ जना केन्द्रीय सदस्यहरूको जिम्मेवारी तोकेको हो ।

आज आइतबार बसेको पदाधिकारी बैठकले नेताहरू जिम्मेवारी तोकेको हो । कार्यविभाजनसम्बन्धी प्रस्ताव अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले केन्द्रीय समिति बैठकमा पेस गर्दैछन् । 

अध्यक्ष प्रचण्डलाई समग्र पार्टीको जिम्मेवारी दिएको छ । उपाध्यक्ष महरालाई पार्टी एकता र समाजवादी मोर्चाको जिम्मा दिइएको छ ।

अर्का उपाध्यक्ष अग्निप्रसाद सापकोटालाई प्रचार प्रसारको जिम्मेवारी दिएको छ । यसैगरी पम्फा भुसाललाई जनवर्गीय संगठन हेर्ने जिम्मा दिइएको छ । 

उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मालाई गैरप्रदेश हेर्ने जिम्मा दिइएको छ । सचिव देवेन्द्र पौडेललाई प्रदेशको जिम्मेवारी दिइएको हो ।

यसैबीच, माओवादी केन्द्रले तीन महिने अभियानका लागि संयोजकहरु तोकेको छ ।

प्रज्ञा भवनमा जारी केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले ‘जनतासँग माओवादी’ नाम दिइएको अभियानका लागि संयोजकहरु तोकेका हुन् । 

जसअनुसार कोशी प्रदेशमा बलदेव खनाल, मधेसमा लिलामणि पोखरेल, बागमतीमा जनार्दन शर्मा, लुम्बिनीमा हितमान शाक्य, कर्णालीमा मातृका यादव र सुदूरपश्चिम प्रदेशमा डिलाराम आचार्य छन् । 

सम्पर्क विशेषमा गिरिराजमणि पोखरेल र जवर्गीय संगठनको इन्चार्जमा वर्षमान पुन तोकिएका हुन् । 
 

प्रकाशित मिति: आइतबार, साउन २१, २०८०  १३:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update