Public Pana
कान्ति बाल अस्पतालमा शय्या अभाव

कान्ति बाल अस्पतालमा शय्याको अभाव हुँदा बिरामीहरू मर्कामा परेका छन् ।

बालबालिकाहरूको रेफरल अस्पतालका रूपमा रहेको कान्ति बाल अस्पतालमा मिर्गौला रोगको उपचार, बाल क्यान्सर, बाल मानसिक रोगको उपचार हुँदै आएको छ ।

यस्तै, बालबालिकाहरूको इन्डोस्कोपी सेवा, मुटु रोगको ओपिडी सेवा सञ्चालन हुने गरेको छ । अहिले रुघाखोकी, निमोनिया, ज्वरो र केही मात्रामा झाडापखालाका बिरामीहरू चाप छ ।

दैनिक हेर्दाखेरी आठ सयदेखि नौ सयको हाराहारीमा ओपीडीमा आउनेको संख्या छ भने इमरजेन्सीमा एक सय ५० देखि दुई सय बिरामी अस्पताल जान्छन् । एउटा बेडमा तिन जना बसेको देख्न सकिन्छ । य

यस्तै अब्जरबेसन वार्डमा २४ घण्टामा तीन चार जना बच्चा बसेकोसम्म भेट्न सकिन्छ । २५ बेडको अब्जरबेसन वार्ड र २५ बेडको इमर्जेन्सी छ । एउटा बेडमा खप्टेर बस्नुपर्ने स्थिति छ । २५ बेडमा पनि ५०-६० जना बालबालीका राख्नुपर्ने अवस्था छ । ओपीडी, फार्मेसी, ल्याबको रिपोर्ट हेर्दा दुई चार दिनदेखि बिरामीको अत्यधिक चाप छ ।

अस्पतालले मिर्गौला रोगको उपचार, बाल क्यान्सर, बाल मानसिक रोगको उपचार, इन्डोस्कोपी, मुटु रोगको ओपिडी सञ्चालन गर्दै आएको छ । दै

दैनिक २० देखि ३० वटा अप्रेसन हुने गरेको कान्ति बालले जननाएको छ । यस अस्पतालमा ५२ शय्याको आइसीयु सञ्चालनमा छ ।

प्रकाशित मिति: आइतबार, साउन २१, २०८०  १३:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update