Public Pana
पहिरो खस्दा त्रिभुवन राजपथ अवरुद्ध

मकवानपुरको भिमफेदी गाउँपालिका–९ लामिडाँडामा पहिरो खस्दा त्रिभुवन राजपथ अवरुद्ध भएको छ । काठमाडौं–हेटौंडा जोड्ने पुरानो राजमार्ग त्रिभुवन राजपथ अवरुद्ध भएसँगै सवारी आवागमन रोकिएको छ । 

आज आइतबार  नौबिसे, भैसे, पालुङ हुँदै हेटौडा जाने सवारी साधन रोकिएका  जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । पहिरो हटाएर यातायात सेवा सुरु गर्ने तयारी भइरहेको छ । 

प्रकाशित मिति: आइतबार, साउन २१, २०८०  १३:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update