Public Pana
पदाधिकारीको जिम्मेवारी हेरफेर गर्ने माओवादीको  निर्णय

नेकपा (माओवादी केन्द्र)ले पदाधिकारीहरूको जिम्मेवारी हेरफेर गर्ने भएको छ । 

केन्द्रीय समिति बैठक बस्नुअघि आज बसेको पदाधिकारी बैठकले पदाधिकारीको जिम्मेवारी हेरफेर गर्ने प्रस्ताव पारित गरेको हो ।

सोही प्रस्ताव अध्यक्ष प्रचण्डले केन्द्रीय समिति बैठकमा पेस गर्ने सचिव दीनानाथ शर्माले जानकारी दिए । 

२२ जना पदाधिकारी रहेको माओवादीका कसले कुन जिम्मेवारी पाए भन्ने सम्बन्धमा उनले खुलाउन चाहेनन् । 

अध्यक्ष प्रचण्डले  बैठकमा उठेको प्रश्नहरूको जवाफ दिएपछि केन्द्रीय समिति बैठक सकिँदै छ ।
 

प्रकाशित मिति: आइतबार, साउन २१, २०८०  १३:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update