Public Pana
संघीय शिक्षा विधेयकले स्थानीय सरकारको अधिकार हस्तक्षेपको आरोप  :  गाउँपालिका महासंघ

गाउँपालिका राष्ट्रिय महासंघ नेपालले संघीय शिक्षा विधेयकले स्थानीय सरकारको अधिकार हस्तक्षेपको आरोप लगाएको छ ।

महासंघको केन्द्रीय समिति बैठकपछि जारी विज्ञप्ति अनुसार विद्यालय शिक्षासम्बन्धी कानून संशोधन र एकीकरण गर्न बनेको विधेयकका केही प्रावधानमाथि प्रश्न उठाएको हो ।

सरकारले संघीय शिक्षा विधेयक तयार पार्दा स्थानीय सरकारका अधिकार हस्तक्षेप हुने देखिएको महासंघको भनाइ छ ।

विज्ञप्तिमा ‘विधेयकमा व्यवस्था गरिएका कतिपय प्रावधानहरू संघीय प्रणालीलाई नै चुनौती दिने र स्थानीय सरकारको एकल अधिकारमा हस्तक्षेप हुने प्रकृतिको पाइएकोले संविधानले तहगत सरकारलाई दिएको अधिकार संकुचन नहुने गरी विधेयक परिमार्जनसहित पारित गर्द सांसदहरूलाई अनुरोध गर्दछौं, ’ उल्लेख छ ।

press release1691304221.jpg

प्रकाशित मिति: आइतबार, साउन २१, २०८०  १२:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update