Public Pana
नेपाली महिला क्रिकेट टिमको ब्याटिङ प्रशिक्षकमा भारतकी देविका

नेपाली महिला क्रिकेट टिमको ब्याटिङ प्रशिक्षकमा भारतीय पूर्व क्रिकेटर देविका पाल्शिकर नियुक्त भएकी छन् । नेपाल क्रिकेट संघ (क्यान)ले आज आइतबार  यसबारे जानकारी दिएको हो ।

सामाजिक सञ्जालमार्फत् क्यानले देविकाको नियुक्तिबारे जानकारी दिएका हो । पहिलो पटक नेपालले महिला क्रिकेट टिमका लागि महिला प्रशिक्षक ल्याएको हो । 

अगष्ट २८देखि मलेसियामा हुने आईसीसी वुमन्स विश्वकप टी–२० एसिया क्षेत्र छनोटका लागि नेपाली महिला टिमको ब्याटिङ कन्सल्टेन्टका रुपमा देविका आवद्ध भएकी हुन् । उनी काठमाडौं आइसकेकी छन् ।  

नेपालले अगष्ट २८ देखि ९ सेप्टेम्बरसम्म छनोट खेल खेल्नेछ । प्रतियोगिताको समूह ‘ए’ मा आयोजक मलेसियासँगै नेपाल, बहराइन, भुटान, कतार र युएई छन् भने समूह ‘बी’ मा, चीन, हङकङ, कुवेत, थाइल्यान्ड र म्यानमार छन् ।
 

प्रकाशित मिति: आइतबार, साउन २१, २०८०  ११:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update