Public Pana
काठमाडौंमा पहिरो खस्दा दुईको मृत्यु

काठमाडौंको उत्तरी भेग तारकेश्वर नगरपालिकामा पहिरोले घर पुरिँदा बाबु र छोरीको मृत्यु भएको छ। 

प्रहरी वृत्त बालाजुका डीएसपी मनोजित कुँवरका अनुसार तारकेश्वर नगरपालिका–५ चो गाउँमा शनिवार राति स्थानीय गणेश तामाङको घर पहिरोले पुर्दा तामाङ र उनकी छोरीको मृत्यु भएको हो।   

उनका अनुसार शनिबार राति करिब ९ बजे माथिबाट खसेको पहिरोले ४१ वर्षीय गणेश तामाङ र उनकी १५ वर्षीया छोरी आसमा तामाङको मृत्यु भएको छ ।

सो घटनामा परी आमा सञ्जु तामाङ भने घाइते भएकी छिन । उनको प्राथमिक उपचार गरिएको छ । 

प्रकाशित मिति: आइतबार, साउन २१, २०८०  ०९:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update