Public Pana
कार दुर्घटनामा पुराना व्यापारीको निधनको खवरले शोकमा डुव्यो नेपालगञ्जको त्रिभुवन चौक

बाँकेको नेपालगन्ज त्रिभुवन चोकका पाँच जनाको एकैसाथ कार दुर्घटनामा  मृत्यु भएको खवरले यतिबेला नेपालगञ्ज शोकमा डुवेको छ ।  भारतको उत्तरप्रदेशको स्रावस्तीमा  कार दुर्घटनामा उनीहरुको मृत्यु भएको भारतीय संचार माध्यामले दावी गरेका छन् ।  यद्यपी बाँके प्रहरीले यसवारे विस्तृत जानकारी प्राप्त नभएको जनाएको छ । 

शनिबार भएको कार दुर्घटनामा नेपालगन्जका पुराना व्यापारी घरानाका दुई परिवारका गरी ५ जनाको मृत्यु भएको प्रहरीलाई उद्रित गर्दै  भारतीय संचार माध्यामले जनाएका छन् । 

मृत्यु हुनेमा नेपालगन्ज त्रिभुवन चोक स्थित एसकुमार वाचका संचालक सन्तोष कुमार गुप्ताको परिवार र नेपालगन्ज सदरलाईन स्थित हरि ओम मेडिकलका घरबेटी वैभवको परिवार गरी  ५ जनाको मृत्यु भएको र कार चालकको समेत उक्त दुर्घटनामा मृत्यु भएको भारतीय संचारमाध्यामले जनाएका छन् । 

भारतीय संचार माध्यामका अनुसार कार दुर्घटनामा दुई पुरुष, दुई महिला र दुई बालबालिकाको मृत्यु भएको हो । 

नेपालगञ्जका पत्रकार रशिद कुरैसीले त्रिभुवन चौक मा रहेको एस कुमार वॉचका संचालक सन्तोष कुमार गुप्ताको परिवारसहित बच्चा हरु सदरलाईन स्थित हरी ओम मेडिकलसंचालकको परिवारका गरि ५ जना र कारका चालक समेत गरि ६ ज़नाको दुर्घटनामा निधन भएको सामाजिक सञ्चाल फेसवुस मार्फत जानकारी दिएका छन् । 
मृत्युको खबरले नेपालगञ्जको त्रिभुवन चोक शोकमा डुबेको छ । नेपालगञ्जमा उद्योग बाणिज्य संघको निर्वाचनको चुनावी माहौल चलिरहेका बेला पुराना व्यापारीसहितको मृत्युको खवरले सिंगो नेपालगञ्ज स्तव्त बनेको छ ।

नेपालगञ्जका व्यापारीले  दुर्घटना भएको शनिवारको दिनलाई नेपालगञ्जको व्यापारिक क्षेत्रका लागि कालो दिन भन्दै शोकमा पसल बन्द गर्ने तयारी समेत गरेको बताइएको छ । 

प्रकाशित मिति: आइतबार, साउन २१, २०८०  ०८:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update