Public Pana
सार्कको अस्तित्वप्रति केपी ओलीको गुनासो 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सार्कलाई निष्क्रिय बनाइएकोमा गुनासो गरेका छन् ।

आज शनिबार वर्तमान अन्तर्राष्ट्रिय परिस्थिति र नेपालको परराष्ट्र नीतिसम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले सार्कको अस्तित्व नै नभएजस्तो अवस्थामा रहेकाले गुनासो गरेका हुन् ।

‘सार्कको अहिले अस्तित्व नै छैन जस्तो भइसक्यो। अस्तित्व छैन, यो डिजल्ट भनेर कसैले भनेको छैन । तर, यसको अस्तित्व मानेर संसार चल्ने खालको कुनै गतिविधि हुँदैन,’ उनले भने ।

अध्यक्ष ओलीले सार्कमा अहिले दुईवटा कुरा मात्रै रहेको बताए। उनले एउटा काठमाडौंमा सेक्रेटरी हेड र अर्को व्यूरोक्रयाटिक मिटिङहरू मात्रै भएको बताए ।

‘यसले सार्कले दिनुपर्ने कुरा दिन सकेको छैन। यसमा कुनै व्यक्तिगत इगो, कोही देशका इगो होलान् यस्ता कुराहरूले गर्दा एउटा क्षेत्रीय संगठन अशक्त अथवा निरीह भएर बस्ने स्थितिमा छ,’ उनले भने ।
 

प्रकाशित मिति: शनिबार, साउन २०, २०८०  १४:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update