Public Pana
बंगलादेशमा डेंगीको प्रकोप  :  मृत्यु हुनेको संख्या २८३ पुग्यो

बंगलादेशमा यस वर्षको वर्षायाम सुरु भएयता डेंगी संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या २ सय ८३ पुगेको छ ।

राजधानी ढाकामा मात्रै मृत्यु हुनेको संख्या १ सय ४० जनाभन्दा बढी नाघेको छ भने संक्रमितहरुको संख्या ३७ हजारभन्दा बढी रहेको बंगलादेशी सञ्चारमाध्यम तथा स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

बंगलादेशमा डेंगी संक्रमण फैलिएर महामारीको रुप लिएको यो लगातार दोस्रो वर्ष हो । गत वर्ष पनि डेंगी संक्रमणबाट बंगलादेशमा २ सय ८१ जनाको मृत्यु भएको थियो । तर यस वर्ष डेंगी संक्रमणबाट मर्नेको संख्या धेरै नै बढ्न सक्ने प्रक्षेपण गरिएको छ ।

लामखुट्टेको टोकाइबाट सर्ने यो रोग बंगलादेशको ढाका लगायतका अत्यधिक जनघनत्व भएका सहरहमा द्रुत गतिमा फैलिँदै गएको छ ।

ढाका सबैभन्दा बढी संक्रमित सहर हो  र यहाँका अस्पतालहरुमा अत्यधिक बिरामीको चाप बढेको छ । डेंगी संक्रमण रोक्ने निश्चित औषधि र खोप अहिलेसम्म उत्पादन हुन सकेको छैन । यो रोग फैलाउने एडिस एइजिप्टी प्रजातीको लामखुट्टे प्राय जमेको पानीमा पाइन्छ ।

प्रकाशित मिति: शनिबार, साउन २०, २०८०  १२:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update