Public Pana
सुकेटार विमानस्थलमा हवाई सेवा बन्द

ताप्लेजुङको सुकेटार विमानस्थलमा दुई महिनादेखि हवाई सेवा हुन सकेको छैन ।

राष्ट्रिय ध्वजावाहक नेपाल एयर लाइन्सले सोमबार र बिहीबार तथा सीता एयरले सोमबार र शनिबार गरी सातामा चारवटा उडान तालिका रहेको छ ।

सुकेटार विमानस्थल प्रमुख एटीसी उदय राजवंशीका अनुसार नेपाल एयर लाइन्सले गत जेठ २६ गते र सीता एयरले गत चैत २४ गते अन्तिम उडान गरेका थिए ।

मनसुन सुरु भएपछि उडान तालिका हुँदा मौसम नखुल्ने र मौसम खुल्दा उडान तालिका नभएको जनाइएको छ ।  
 

प्रकाशित मिति: शनिबार, साउन २०, २०८०  १०:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update