Public Pana
पदाधिकारी नियुक्तिका लागि चार संवैधानिक निकायमा विवरण माग

संवैधानिक परिषद्ले महालेखा परीक्षकसहित चार संवैधानिक निकायमा रिक्त पदाधिकारी नियुक्तिका लागि १५ दिने सूचना प्रकाशन गरेको छ ।

परिषद्ले ती निकायमा रिक्त पदका लागि योग्यता पुगेका व्यक्तिको अभिलेख तयार पार्न भन्दै आज शनिबार सूचना निकालेको हो । 

परिषद्ले महालेखा परीक्षक, निर्वाचन आयोगमा रिक्त एक आयुक्त तथा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग र मुस्लिम आयोगको एक–एक सदस्यका लागि अभिलेख संकलन गर्न लागेको हो । 

नेपालको संविधानबमोजिम संवैधानिक निकायको पदमा नियुक्त हुन योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आफ्नो विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको वेबसाइटमार्फत् वा संवैधानिक परिषदको इमेलमार्फत् बुझाउन सक्ने सूचनामा उल्लेख छ । 

अस्ति बिहीबार बसेको संवैधानिक परिषद् बैठकले यी रिक्त पदहरुका लागि १५ दिने सूचना प्रकाशित गर्ने निर्णय गरेको थियो।


सचन_G5hBVi08Hs1691206920.jpg

प्रकाशित मिति: शनिबार, साउन २०, २०८०  १०:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update