Public Pana
माओवादी केन्द्रिय समिति बैठक जारीः १ सय ४१ जनाल बोले, अब बाँकी

नेकपा माओवादी केन्द्रको केन्द्रिय समिति बैठक आज शनिबार पनि जारी रहने छ । 

गत बुधवार देखी सुरु भएको केन्द्रिय समिति बैठकमा हालसम्म झन्डै १ सय ४१ जना नेताले आ आफनो धारणा राखिसकेका छन् । 

मंसिरमा गर्ने भनिएको विधान सम्मेलन, समसामयिक राजनीतिक बिषय, पार्टी नेतृत्वको सरकारले गरेका काम कारबाहीका बारेमा मुख्य गरी बैठकमा छलफल भइरहेका छन ।

सो बैठकमा ३८५ जना केन्द्रीय समिति सदस्य, १९८ जना वैकल्पिक सदस्य, केन्द्रीय आयोगका  ७५ जना र प्रदेश पदाधिकारीबाट १०० जना गरी जम्मा ७५८ सहभागी भइरहेको माओवादी केन्द्रिय कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, साउन २०, २०८०  ०७:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update