Public Pana
महँगोमा मल बेच्ने पसलमा प्रशासनको सिलबन्दी

जिल्ला प्रशासन कार्यालय भक्तपुरले अनुदानको रासायनिक मल महँगोमा बेचिरहेको पसलमा सिलबन्दी गरेको छ ।

भक्तपुरको कमलविनायकमा रहेको एनबी मल पसलमा छापा मारेर महँगोमा बिक्री गरेको थाहापाएपछि सिलबन्दी गरिएको प्रजिअ खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।


‘अनुदानको मल विक्रेताले २१ सय रुपैयाँ बिक्री गरेपछि प्रशासनले पसलमा सिलबन्दी गरेको हो,’ रिजालले भने ।

उक्त पसलमा १२७ बोरा मल मौज्दात छ । अनुदानको मल महँगोमा बिक्री गर्ने ती विक्रेतालाई कारबाही गरिने रिजालले जनाए ।
 

प्रकाशित मिति: शुक्रबार, साउन १९, २०८०  २०:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update