Public Pana
नास्टको उपकुलपतिमा दिलीप सुब्बा नियुक्त


प्रा. डा. दिलीप सुब्बा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) को उपकुलपतिमा नियुक्त भएका छन् । नास्कका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहालले सिफारिस समितिबाट सिफारिस भएका सुब्बालाई चार वर्षका लागि उपकुलपतिमा नियुक्त गरेका हुन् ।

निवर्तमान उपकुलपति सुनीलबाबु श्रेष्ठले आफ्नो ४ वर्षे कार्यकाल पूरा गरेर गत वर्षको माघ ३ गते नास्टबाट बिदा भएपछि सुब्बा कामु उपकुलपतिमा कार्यरत थिए ।

सुब्बा धरानस्थित केन्द्रीय खाद्य प्रविधि विभाग स्थापना गर्न महत्त्वपूर्ण योगदान गरेका प्राज्ञ मानिन्छन् ।

उनले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुसन्धान समिति सदस्यसमेत भएर काम गरिसकेका छन् । 

प्रकाशित मिति: शुक्रबार, साउन १९, २०८०  १९:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update