Public Pana
राज्यमानहानिको मुद्दामा राहुल गान्धीलाई सर्वोच्चद्वारा सफाइ, सांसद पद पुनर्बहाली

राहुल गान्धीलाई मानहानिको मुद्दामा भारतको सर्वोच्च अदालतले सफाइ दिएको छ ।

विपक्षी कंग्रेस पार्टीका नेता गान्धीलाई भारतको सर्वोच्च अदालतले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मानहानि गरेको मुद्दामा सफाइ दिएको हो । गान्धी भारतीय संसद्मा सदस्य पदमा पुनर्बहाली हुने र अर्को वर्ष हुने राष्ट्रिय चुनावमा सहभागी हुन पाउनेछन् ।

गत मार्च महिनामा राहुल गान्धीलाई भारतको गुजरातमा भारतीय जनता पार्टीका एक विधायकले प्रधानमन्त्री मोदी र त्यही थर भएका व्यक्तिहरु चोर हुन् भनेर टिप्पणी गरेकामा मुद्दा दायर गरेका थिए । जिल्ला अदालत र उच्च अदालतले उनको सांसद पद निलम्बन गरेको र दुई वर्षभन्दा बढी जेल सजाय तोकेको थियो । गान्धीको गुजरातको तल्लो र उच्च अदालतमा पुनरावेदन अस्वीकृत भएको थियो । उनले न्याय पाउन सर्वोच्च अदालतमा फैसला बदर गर्न अन्तिम अपिल गरेका हुन् ।

आज यस्तो फैसला आएसँगै यसको खुसीमा कंग्रेसका सदस्य केसी भेनुगोपालले न्यायको जित भएको र जनआवाजलाई बन्द गर्न कुनै पनि ताकतले नसक्ने टिप्पणी गरेका छन् ।

जम्मु काश्मीरको पिपल्स् डेमोक्र्यटिक पार्टीका मेहबुबा मुफ्टीले पनि यो फैसलाले आफू खुसी भएको र राहुल संसद्मा फर्केर भारतको अवाधारणामा लड्ने जिकिर गरिन् ।

कंग्रेस सांसद पी चिदम्बरमले पनि गान्धीलाई भारतीय संसद्बाट निकाला गर्ने मनसाय रहेको विरुद्ध अपिलले कंग्रेसको जित भएको भनेका छन् ।

प्रकाशित मिति: शुक्रबार, साउन १९, २०८०  १९:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update