Public Pana
८५ लाखको सामान चोरी गर्ने पक्राउ


काठमाडौंमा बहुमूल्य सामान चोरी गर्ने एक गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।

बहुमुल्य वस्तु चोरी गर्ने सिन्धुपाल्चोकको तौथली गाउँपालिका वडा नम्बर ७ भई काठमाडौंको बूढानीलकण्ठ बस्ने सुमन भन्ने बिष्णु श्रेष्ठ र मकवानपुरको थाहा नगरपालिका ९ घर भई हाल काठमाडौंको ठमेलमा बस्ने बिकास देउलालाई उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले पक्राउ गरेको हो । 

उनीहरूले रोलेक्स, ओमेगा, राडो ब्रान्डका घडी, सुन र हिरा गरी ८५ लाख २६ हजार ९ सय रुपैयाँको सामान चोरी गरेको प्रहरीले जनाएको छ । यो प्रकरणमा पक्राउ परेका बिष्णु श्रेष्ठविरुद्ध यसअघि काठमाडौका विभिन्न प्रहरी इकाइमा चोरीलगायतका ६ वटा मुद्दा चलेको समेत प्रहरीले जनाएको छ ।

Suman shrestha ok1691150055.jpg

p1691149988.jpg 
 

प्रकाशित मिति: शुक्रबार, साउन १९, २०८०  १८:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update