Public Pana
कर्माचार्य,निष्कासितमा परे रहन सकेनन् समाजवादीमा

नेकपा एकीकृत समाजवादीले पार्टीका केन्द्रीय सदस्य सुवास कर्माचार्यलाई पार्टीले निष्कासन गरेको छ ।

सिन्धुपाल्चोक जिल्ला इन्चार्ज समेत रहेका कर्मचार्यलाई आज शुक्रबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले साधरण सदस्यता समेत नरहनेगरी निष्कासन गरेको हो । 

पार्टीको नीति कार्यक्रम, सङ्गठनात्मक पद्धति तथा निष्ठाका विरुद्धमा कृयाकलाप गरि अनेकौं पटक सम्झाउँदा पनि पार्टी हित विरुद्ध गतिविधि गरेका कारणले उनलाई निष्कासन गरेको उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

कर्माचार्य पुनः एमालेमा फर्कदै छन् ।
 

प्रकाशित मिति: शुक्रबार, साउन १९, २०८०  १५:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update