Public Pana
पूर्व कप्तान ज्ञानेन्द्र मल्लले लिए सन्यास

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान  ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । 

काठमाडौंमा आज शुक्रबार पत्रकार सम्मेलन गर्दै उनले सन्यासको घोषणा गरेका हुन् ।

खेलाडी ज्ञानेन्द्रले अन्तर्राष्ट्रिय क्रिकेटमा पूर्णविराम लगाउँदै एउटा फरक यात्राको आरम्भ गर्ने निर्णय लिएको जनाएका छन् । 

सन् २००५ देखि उमेर समूहको क्रिकेटबाट यात्रा सुरु गरेका मल्ले यू–१५ टोलीबाट खेल यात्रा शुरु गरेका हुन् ।

सन्  २००९ मा पारस खड्काले कप्तानी पाएपछि १० वर्षसम्म ज्ञानेन्द्र उपकप्तानका रुपमा रहे ।

आफूले नेतृत्व गरिसकेको राष्ट्रिय टोली छाड्दै गर्दा उनी निकै भावुक देखिए। 

पत्रकार सम्मेलनमा धन्यवाद दिने क्रममा उनले श्रीमती र छोरीलाई पनि सम्झिए ।

 

प्रकाशित मिति: शुक्रबार, साउन १९, २०८०  १४:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update