Public Pana
महानगरले भत्कायो बालक बगेको सामाखुशीको खोलामाथिको ढलान

काठमाडौँ महानगरपालिकाले सामाखुसी खोलामाथिको ढलान भत्काउने कामलाई तीव्रता दिएको छ ।

सामाखुसी खोला नै छोपिने गरि ढलान राख्दा दुर्घटनाको जोखिम बढेको र दुर्घटना भइहाले उद्धारमा समस्या हुने भन्दै महानगरले ढलान भत्काउने कामलाई तीव्रता दिएको हो ।

खोलामाथि ढलान बनाउन नपाउने भएपनि स्थानीयले मापदण्ड विपरीत खोलामाथि ढलान बनाएको महानगरको भनाइ छ । महानगरले सामाखुसी, रानीबारी लगाएतका क्षेत्रको सवै ढलान हटाउने जनाएको छ । 

केही दिनअघि सामाखुसीमा एक बालक खसेर बेपत्ता भएपछि खोलामाथि रहेको ढलान–स्ल्यावका कारण उद्दारमा समस्या भएको थियो । यो खोलामा गएको साउन ७ गते १३ वर्षीय बालक साजन मगर खसेका थिए । ढलानका कारण उनको उद्धारमा समस्या भएको थियो ।
 

प्रकाशित मिति: शुक्रबार, साउन १९, २०८०  १४:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update