Public Pana
बेस स्टेशनको आयात १ हजार प्रतिशत वृद्धि 

नेपालमा बेस स्टेशन ( (बीटीएस) को आयात बढ्दो क्रममा देखिएको छ ।
 

भन्सार विभागको तथ्यांक अनुसार अघिल्लो आर्थिक वर्ष २०७८-७९ को तुलनामा गत आर्थिक वर्ष २०७९-८० मा बेस स्टेशनको आयात करिब एक हजार प्रतिशतले बढेको हो ।
गत आर्थिक वर्षमा १२ करोड २३ लाख ९५ हजार बेस स्टेशन बराबरको बेस स्टेशन आयात भएको छ ।

अघिल्लो आर्थिक वर्षमा १ करोड ११ लाख ४८ हजार रुपैयाँ बराबरको बेस स्टेशन आएको थिए ।
अघिल्लो आवको तुलनामा गत आवमा बेस स्टेशनको आयात ११ करोड १२ लाख ४७ हजार रुपैयाँ अर्थात ९९७.७२ प्रतिशतले बढेको छ ।

 

अघिल्लो आवमा १९८ बेस स्टेशन आएकोमा गत आवमा १ हजार ३२६ भित्रिएको छ ।
बेस स्टेशनको आयातबाट सरकारले २ करोड ३४ लाख रुपैयाँ सरकारले राजश्व प्राप्त गरेको छ । 

 

अस्ट्रेलिया, चीन, जर्मनी, भारत, जापान, मलेसिया, सिंगपुर, स्पेन, ताइवान र यूएईगरी कुल १० मुलुकबाट बेस स्टेशन नेपाल भित्रिने गरेको भन्सार विभागको तथ्यांकमा देखिन्छ ।
 

संख्याको आधारमा भारत र रकमको आधारमा चीनबाट सर्वाधिक बेस स्टेशन आयात भएको भन्सार विभागको तथ्यांकमा देखिन्छ ।
 

चीनबाट ७ करोड ८७ लाख २९ हजार रुपैयाँ बराबरको ४८० बेस स्टेशन भित्रिएको छ।
भारतबाट ५ लाख १७ हजार रुपैयाँ बराबरको ७६४ बेस स्टेशन आएको छ ।

 

सिगापुरबाट २ करोड ६६ लाख २२ हजार रुपैयाँ बराबरको ५५ बेस स्टेशन नेपाल आएको भन्सार विभागको तथ्यांकमा देखिन्छ ।
 

प्रकाशित मिति: शुक्रबार, साउन १९, २०८०  ०८:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update