Public Pana
डेंगी संक्रमण, ७० जिल्लामा ७ जनाको मृत्यु

देशका ७० जिल्लामा डेंगी संक्रमण देखिसकेको छ । डेंगी संक्रमणकै कारण ७ जनाको ज्यान गइसकेको छ ।
 

डेंगी संक्रमणका कारण ज्यान गुमाउने सबै धरानका रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । सुनसरी अहिले डेंगीको प्रकोप सबैभन्दा बढी देखिएको जिल्ला हो । एक महिनाको अवधिमा मात्र यहाँ २ हजार १ सय ३९ जनामा संक्रमण देखिसकेको छ ।
 

सुनसरीपछि धादिङ, मोरङ, कास्की, दार्चुलालगायत जिल्लामा डेंगी संक्रमणको प्रकोप बढी देखिएको छ ।

गत वर्ष बढी संक्रमण देखिएको काठमाडौं उपत्यका, चितवन, मकवानपुरलगायत जिल्लामा भने अहिले संक्रमितको संख्या कम देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको हो ।
 

प्रकाशित मिति: शुक्रबार, साउन १९, २०८०  ०७:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update