Public Pana
सडकमा फोहोर फाल्ने अरुणालाई १० हजार जरिवाना

काठमाडौं महानगरपालिकाले सडकमा फोहोर फाल्ने एक जना महिललाई दश हजार रुपैयाँ जरिवाना तिराएको छ ।

महानगरले सार्वजनिक गरेको जरिवानाको रसिदमा उल्लेख गरिए अनुसार न्यूरोडको सडकमा फोहोर फाल्ने अरुणा स्थापितलाई उक्त रकम जरिवानास्वरुप तिराइएको छ ।

‘सडकमा फोहोर फाले वापत जरिवाना, उक्त रसिदमा काठमाडौं वडा नं.२२ न्यूरोडको सडकमा फोहोर फालिएको उल्लेख छ ।

हिजो साउन १७ गतेको मितिमा उक्त जरिवाना तिराइएको रसिदमा उल्लेख छ ।

Aruna-Amatya1691073661.jpg
 

प्रकाशित मिति: बिहीबार, साउन १८, २०८०  २१:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update