Public Pana
जनमत पार्टीको चुनावि अभियान 

जनमत पार्टीले २०८४ को निर्वाचन लक्षित ‘मिसन ८४’ अभियान चलाउने भएको छ ।

अध्यक्ष सीके राउतलाई प्रधानमन्त्री बनाउने गरी अभियान चलाउने निर्णय आज बिहीबार बसेको केन्द्रीय समिति, सचिवालय, राज्यसमिति, केन्द्रीय कार्यकारिणी गरी चारवटै समितिको संयुक्त बैठकले गरेको हो ।

पार्टी उपाध्यक्ष अब्दुल खानले भने, २०८४ मा डा. सीके राउतलाई नै प्रधानमन्त्रीको रूपमा अघि बढाएर चुनावमा होमिने निर्णय भएको छ ।’

बैठकले २०८४ को निर्वाचनलाई कसरी सफल बनाउने र विजयी हासिल गर्ने भन्ने एजेन्डामा छलफल भएको खानले बताए ।

‘मिसन ८४’ भनेर ग्रासरुटसम्म पुग्ने संगठन सुदृढीकरण र विस्तार गर्ने निर्णय भएको उनले बताए ।

जनमतले २०८४ मा तीनवटै तहका निर्वाचनका लागि उमेदवार खडा गराउने तयारी थाल्ने भएको छ । ‘वडास्तरदेखि केन्द्रसम्म चुनाव लड्नका लागि सक्षम र योग्य उमेदवार तयारी गर्ने निर्णय भएको छ,’ खानले भने ।

बैठकले पार्टीको केन्द्रीय कार्यालयदेखि सबै जिल्लाको पार्टी कार्यालय व्यवस्थित गरेर वडा तहसम्म पार्टी कार्यालय स्थापना गर्ने पनि निर्णय पनि गरेको छ ।

बैठकले राजनीतिक रूपमा संघीयताको सबलीकरण र पूर्णरूपमा अधिकार सम्पन्न बनाउन एजेन्डा नै पारित गरेको छ ।
 

प्रकाशित मिति: बिहीबार, साउन १८, २०८०  २०:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update