Public Pana
११ दिनपछि भेटियो सामाखुसीमा बेपत्ता बालकको शब


सामाखुसीमा नालाबाट बेपत्ता भएका बालक १३ वर्षीय बालक साजन मगर दक्षिणकाली नगरपालिका–७ भुल्कास्थित बागमती नदी किनारमा मृत फेला परेका छन् ।

आज बिहीबार साजनको शव दक्षिणकाली नगरपालिका–७ भुल्कास्थित बागमती नदी किनारमा मृत फेला परेको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एसएसपी दिनेशराज मैनालीले जानकारी दिए ।
मगरलाई साउन ७ गते काठमाडौंको सामाखुसीमा आएको बाढीले बगाएको थियो।

प्रहरीका अनुसार मुचुल्का सकेर पोष्टमर्टमको लागि शव टिचिङ अस्पतालमा लगिएको छ।

मगर सामाखुसीमा खसेर बेपत्ता भएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरीको विभिन्न टोलीले खोजी गरिरहेको थियो ।
 

प्रकाशित मिति: बिहीबार, साउन १८, २०८०  २०:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update