Public Pana
कैलालीमा खोलाले बगाउँदा एक बालिकाको मृत्यु

 कैलालीमा नुहाउनेक्रममा खोलाले बगाउँदा एक बालिकाको मृत्यु भएको छ।

जिल्लाको चुरे गाउँपालिका–४ बालुवागाडाका रामबहादुर तारामी मगरकि १६ वर्षीया छोरी सर्मिला तारामी मगरको खोलाले बगाउँदा मृत्यु भएको हो।

घरदेखि केहि टाढा रहेको बालुवागाडा खोलामा नुहाउने क्रममा सर्मिलाको खोलाले बगाउँदा मृत्यु भएको हो।

उनको शव नुहाउँन गएको स्थानबाट अन्दाजी ५०० मिटर तल खोलाको छेउमा आज बिहिवार मृत अबस्थामा फेला परेको प्रहरीले जनाएको छ। 

प्रकाशित मिति: बिहीबार, साउन १८, २०८०  १९:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update