Public Pana
प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ सिफारिस

संवैधानिक परिषद्को बैठकले विश्वम्भरप्रसाद श्रेष्ठलाई नयाँ प्रधानन्यायाधीशमा सिफारिस गरेको छ ।

आज बिहीबार साँझ बसेको परिषद्को बैठकले श्रेष्ठको नाम सिफारिस गरेको राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले जानकारी दिए ।
 

गत असार १ गते नियुक्त प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको पदावधि यही साउन २० गते सकिँदै छ ।


 

प्रकाशित मिति: बिहीबार, साउन १८, २०८०  १९:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update