Public Pana
कारोबार हुने साताको अन्तिम दिन शेयरमा सुधार

शेयर बजार बिहीबार सामान्य सुधार देखिएको छ। यस दिन नेप्से सूचक ३ अंकले बढेको हो । यससँगै सूचक २०८९.८४ विन्दुमा अडिएको छ। १ अर्ब ७८ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार हुँदा २ वटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ। 

 मौद्रिक नीतिपछि घट्न थालेको बजार बुधबार सामान्य सकारात्मक बनेको थियो । बिहीबार पनि सूचकमा झिनो सुधार भएको छ। समग्रमा बजार साइडवेज चलेको देखिन्छ।

यस दिन २६२ कम्पनीको ५१ लाख ३० हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ। ९ करोड २३ लाख रुपैयाँसहित कारोबार रकममा शिवम् सिमेन्ट्स अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः सीइडीबी हाइड्रो र आइसीएफसी फाइनान्स परेका छन्। 

प्रकाशित मिति: बिहीबार, साउन १८, २०८०  १७:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update