Public Pana
एमालेको अवरोधले राष्ट्रियसभा बैठक स्थगित

राष्ट्रिय सभाको आज बिहीबारको बैठक पनि स्थगित भएको छ ।

सुन तस्करी प्रकरणमा उच्च स्तरीय समिति गठन गर्नुपर्ने अडान नेकपा एमालेले राखेपछि राष्ट्रिय सभाको बैठक स्थगित भएको हो ।

बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्षी एमालेका सांसदहरूले उठेर विरोध जनाएपछि सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले एमाले सांसद भैरव सुन्दर श्रेष्ठलाई बोल्न समय दिएका थिए ।

सांसद श्रेष्ठले विमानस्थलबाट भइरहेको सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय समिति गठन नभएसम्म सदन चल्न नदिने अडान दोर्होयाए ।

राष्ट्रिय सभाको अर्को बैठक साउन २२ गते बस्ने छ ।
 

प्रकाशित मिति: बिहीबार, साउन १८, २०८०  १६:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update