Public Pana
प्रधानमन्त्री दाहाल र राष्ट्रसंघ महासभामा  अमेरिकी राजदूत थम्पसनको चासो

नेपालका लागि अमेरिकी राजदूत डीन थम्पसनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेका छन् ।

राजदूत थम्पसनले आज बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डलाई भेटेका हुन् ।

राजदूत थम्सनले प्रचण्डसँग संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन जाने -नजानेबारे चासो राखेका थिए। परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणको तयारी गरिरहेको छ ।

सेप्टेम्बरमा चीन जाने गरी भ्रमणको गृहकार्य भएपनि हालसम्म मिति तय हुन भने बाँकी रहेको छ ।

चीनले यसअघि गत चैत १४–१७ मा हेनान प्रान्तमा भएको ‘बोआओ फोरम फर एसिया’मा सहभागी हुन निमन्त्रणा गरेपनि अन्तिम समयमा प्रधानमन्त्री प्रचण्डले भ्रमण रद्द गरेका थिए । त्यसपश्चात उनी भारत भ्रमणमा गएका थिए ।
 

प्रकाशित मिति: बिहीबार, साउन १८, २०८०  १२:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update